काठमाडौँ। नेपाल र भारतका सेनाप्रमुखबीचको द्विपक्षीय वार्ता सम्पन्न भएको छ। वार्तामा दुवै देशका सेना प्रमुख आउँदा दिनमा दुई देशका सेनाबीच रक्षा सहकार्य विस्तार गर्न सहमत भएका छन्।
नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आज सैनिक मुख्यालय जंगी अड्डामा द्विपक्षीय वार्ता भएको थियो।
“भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “उक्त छलफलपछि भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरूका बारेमा प्रस्तुतीकरण गरिएको थियो।”
काठमाडौँस्थित भारतीय दूतावासले द्विपक्षीय भेटवार्तामा दुई देशबीच रक्षा सहकार्य विस्तार गर्नेबारे छलफल भएको जनाएको छ।
“नरवणेले नेपाली समकक्षी प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुभयो। सो भेटमा दुवै पक्षबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्नेबारे छलफल भयो,” भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
द्विपक्षीय बैठकमा नेपाली सेनाका वरिष्ठ अधिकारीहरूले भारतीय सेना प्रमुख नरवणेसमक्ष ब्रिफिङ् गरेको दूतावासले जनाएको छ।
प्रधानसेनापति थापाको निमन्त्रणामा भारतीय सेनाध्यक्ष नरवणे नेपालको ३-दिने औपचारिक भ्रमणको सिलसिलामा बुधबार काठमाडौँ आइपुगेका हुन्।
आज बिहान आयोजित एक विशेष समारोहमा भारतीय सेना प्रमुख नरवणेले काठमाडौँको टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारक (शहीद स्मारक)मा माल्यार्पण गरी मृत शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
तत्पश्चात उनी नेपाली सेनाको जंगी अड्डा पुग्दा त्यहाँ नेपाली सेनाको एक टुकुडीले उनको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो। त्यसलगत्तै जनरल नरवणेले नेपाली समकक्षी प्रधानसेनापति थापासँग भेटवार्ता गरेका थिए।
द्विपक्षीय वार्ता सकिएपछि भारतीय स्थल सेनाध्यक्ष नरवणेले प्रधानसेनापति थापालाई फिल्ड अस्पतालका लागि आवश्यक केही स्वास्थ्य उपकरण तथा भेन्टिलेटर उपहारस्वरूप प्रदान गरेका छन्। भारत सरकारको तर्फबाट दुई फिल्ड अस्पताललाई एक्स-रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामाग्रीहरू प्रदान गरेका थिए।
“कोभिड-१९ महामारीविरुद्धको लडाइमा अझ सघाउ पुर्याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरूप प्रदान गरियो। यसअघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहारस्वरूप प्रदान गरेको थियो,” विज्ञप्तिमा भनिएको छ।
भारतीय स्थल सेनाध्यक्ष रणवणेले जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेका थिए।
.jpg)