सुख्खा पहिरोमा परेर ५ जनाको मृत्यु <p>नवलपरासी (पूर्व)। बुलिङटार गाउँपालिका&ndash;३ खसुवास्थित कालीगण्डकीको करिडोरमा बुधबार साँझ खसेको सुख्खा पहिरोमा परि ५ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p>करिडोरमा कामदारहरुले जाली भर्ने क्रममा अचानक माथिबाट सुख्खा पहिरो खस्दा ७ जना मानिसहरु पुरिएका थिए।</p> <p>उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बुलिङटारबाट खटिएको टोलीले २ जनालाई उद्धार गरी उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको थियो।</p> <p>अन्य ५ जनाको भने शव फेला पारेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्