भिरबाट लडेर दुई जनाको मृत्यु

काठमाडौं। तेह्रथुमको म्याङलुङ नगरपालिका–९ सम्फरजुङ बस्ने ४१ वर्षीय बासुदेव लिम्बुको भिरबाट लडेर बुधबार मृत्यु भएको छ।

सोही ठाउँस्थित जंगलबाट दाउरा लिई घरतर्फ आउने क्रममा भिरबाट लडी करिब १५ फिट तल खसेर उनको मृत्यु भएको हो।

दाङको घोराही उपमहानगरपालिका–१९ सेरामी बस्ने ५० वर्षीया अमकला पुन मगरको भिरबाट लडेर बुधबार मृत्यु भएको छ।

माईतीघर बयालीकोटबाट आफ्नो घरतर्फ आउने क्रममा खरीखोलाको भिरबाट लडेर उनको मृत्यु भएको हो।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।