"> मेडिकल कलेज सञ्चालकले भने- अतिरिक्त शुल्क लिएका छैनौं: Dekhapadhi
मेडिकल कलेज सञ्चालकले भने- अतिरिक्त शुल्क लिएका छैनौं
काठमाडौं। निजी मेडिकल कलेज सञ्चालकहरूले राज्यले तोकेभन्दा अतिरिक्त शुल्क नलिएको दाबी गरेका छन्।

मेडिकल सञ्चालकहरूले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पत्र बुझाउँदै अतिरिक्त शुल्क नलिएको र सरकारको निर्णयको अवज्ञा नगरेको दाबी गरेका छन्। उनीहरुले शुल्क फिर्ता नगर्ने समेत बताएका छन्।

यसमा न्यायोचित निर्णय गर्न उनीहरूले सरकासँग माग गरेका छन्।  उनीहरुले २०७२ सालमा गरिएको मेडिकल कलेज शुल्क निर्धारण नै वैज्ञानिक नभएको बताएका छन्। सरकारले २०७३ सालमा शुल्क पुनरावलोकन समिति गठन गरी निर्धारण गरेको शुल्कलाई कार्यान्वयन नगर्दा समस्या आएको समेत बताएका छन्।

सरकारले एमबीबीएस, वीपीएच, नर्सिङ, बीडीएस, बीएमएलटी, बीएमआईटी लगायतका आठ वटा संकायको शुल्क निर्धारण गरेको छ। तर, कलेजले आठ वटा संकायका ३२ ब्याजका विद्यार्थीबाट अतिरिक्त शुल्क लिँदै आएका छन्।

निजी मेडिलक कलेजले अतिरिक्त शुल्क लिएपछि अहिले देशका विभिन्न स्थानमा रहेका मेडिकल कलेजका विद्यार्थीहरू आन्दोलनमा छन्।

सरकारले ९ मंसीरमा मेडिकल कलेजलाई अवैध शुल्क फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो।

यसअघि पनि सरकारले मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिनको अल्टिमेटम दिएको थियो। तर, मेडिकल कलेजले शुल्क फिर्ता गर्न मानेका छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्