साढे ६ लाखको धनमाल चोरी
<p>ललितपुर। महालक्ष्मीस्थान नगरपालिका–१ इमाडोल बोझेपोखरी डेरा गरी बस्ने अशोक राई र सम्झना पराजुलीको कोठाबाट करिब ६ लाख ५७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।</p>
<p>मूल ढोका फोरेर सुनका विभिन्न गहना समेत बुधबार साँझ चोरी भएको प्रहरीले जनाएको छ।</p>
<p>चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
