काठमाडौं। तिहारलाई लक्षित गरेर भारतबाट अवैध तरिकाले पटाका ल्याउने क्रम बढेको छ। पछिल्ला केही दिनमा मात्र प्रहरीले यसरी ल्याइदै गरिएको ठूलो मात्रामा पटाका बरामद गरेको छ।
मोरङको उर्लावारी नगरपालिका–८ दुर्गापुरी चोकबाट २ बोरा पटाका सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा झापा दमक सब्जी बजार बस्ने ३५ वर्षीय प्रमोद कुमार शाह र मोरङ रंगेली नगरपालिका–७ साझाटोल बस्ने ५७ वर्षीय नन्दन किशोर शाह रहेका छन्।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले प्रदेश १–०१–०१२ प ४८४२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक प्रमोद र स्कुटरमा सवार नन्दनले २ वटा बोरामा ल्याउँदै गरेको उक्त पटाका फेला पारी पक्राउ गरेको हो।
यसैगरी मोरङको धनपालथान गाउँपालिका–३ भलुवाकादस्थित सडकबाट ९७ हजार ७ सय रुपैयाँ मूल्य बराबरको विभिन्न पटाका बिहीबार बिहान प्रहरीले बरामद गरेको छ।
सिमा प्रहरी चौकी मायागंज र बिओपी सोराभागबाट संयुक्त रुपमा गस्तीमा खटिएको प्रहरीलाई देखेर भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त पटाका छोडेर व्यक्ति भागेपछि प्रहरीले बरामद गरेको हो। हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाँउस्थित सडकबाट १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका बुधबार राति प्रहरीले बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटीएको प्रहरीलाई देखेर भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त पटाका अपरिचित व्यक्तिले सोही ठाउँमा छोडेर भागेपछि प्रहरीले बरामद गरेको हो। हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ।
झापाको भद्रपुर नगरपालिका–५ स्थित सडकबाट करिब ३ लाख रुपैयाँ मूल्य बराबरको पटाका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ।
भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याई लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले फेला पारी उक्त पटाका बरामद गरेको हो।
घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।