काठमाडौं। अमेरिकी राष्ट्रपति चुनावको अन्तिम परिणाम अहिलेसम्म आइसकेको छैन। यद्यपि, वर्तमान रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा डेमोक्र्याट जोइ बाइडेनको जित नजिक देखिन्छ।
दुई उम्मेद्वारमध्ये जसले २७० इलेक्टोरल भोट ल्याउँछन् उही आगामी चार वर्षका लागि संयुक्त राज्य अमेरिकाको शीर्षाशनमा बस्ने छन्।
तर, नतिजा जति बाइडेनको पक्षमा जाँदैछ, यो चुनाव सर्वोच्च अदालत उन्मुख भइरहेको आंकलन गर्न सकिन्छ। किनभने, ट्रम्पले बारम्बार चुनाव निष्पक्ष नभएको र सबै मत गणना गर्नु नहुने बताउँदै आफू सर्वोच्च अदालत जाने धम्की दिइरहेका छन्।
ट्रम्पको यो बेचैनीले पनि उनमा पराजयको भय हाबी भएको अनुमान सजिलै गर्न सकिन्छ।
तर, ट्रम्प अदालतमा जाने सम्भावनालाई दृष्टिगत गर्दै जोइ बाइडेनले पनि आर्थिक मद्दत मागेर आफ्नो तयारी सुरु गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै बाइडेनले भनेका छन्, "प्रत्येक भोटको गणना सुनिश्चित गर्नुपर्छ, हामी अहिलेसम्मको सबैभन्दा ठूलो चुनावी सुरक्षाको प्रयास स्थापित गरिरहेका छन्। किनभने डोनाल्ड ट्रम्पले यो चुनावको परिणाममाथि कुनै फैसला गर्न सक्दैनन्, यो त अमेरिकनले गर्छन्।"
जो बाइडेनकी सहयोगी तथा उपराष्ट्रपति पदकी दावेदार कमला ह्यारिसले अमेरिकी नागरिकसँग ५ अमेरिकी डलरको सहयोगका लागि अपील गरेकी छिन्।
ह्यारिसले ट्वीटरमा, "हिजो राति ट्रम्पले सबै भोट गणना रोक्न अदालत जाने धम्की दिएका थिए। तर, यसकोविरुद्धमा लड्नका लागि हाम्रो अभियान तयार छ। हाम्रो यो कार्य एक हप्तासम्म चल्न सक्छ, र यसमा हामीलाई तपाईंहरूको सहयोग आवश्यक छ। के तपाईं आज बाइडेन फाइट फन्डमा ५ डलर डोनेट गर्न सक्नुहुन्छ?" भनेर लेखेकी छिन्।
जोइ बाइडेनले प्रत्येक भोटको गणना गर्न आग्रह गरेका छन्। धेरै जसो राज्यको मत गणना सकिए पनि केही राज्यको नतिजा अझै आउनका बाँकी छ।
अहिले अग्रता लिइरहेको नेभाडामा जित हासिल गर्दै ह्वाइटहाउसतर्फ अग्रसर बाइडेनले ट्वीट गर्दै, "प्रत्येक भोटको गणना गर" भनेका छन्।
" /> काठमाडौं। अमेरिकी राष्ट्रपति चुनावको अन्तिम परिणाम अहिलेसम्म आइसकेको छैन। यद्यपि, वर्तमान रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा डेमोक्र्याट जोइ बाइडेनको जित नजिक देखिन्छ।दुई उम्मेद्वारमध्ये जसले २७० इलेक्टोरल भोट ल्याउँछन् उही आगामी चार वर्षका लागि संयुक्त राज्य अमेरिकाको शीर्षाशनमा बस्ने छन्।

">