सरकारी उद्योग धरासायी हुनुमा कर्मचारी जिम्मेवार- उद्योगमन्त्री भट्ट <p>काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारी उद्योग धरासायी हुनुमा कर्मचारीहरू जिम्मेवार बताएका छन्।&nbsp;</p> <p>कर्मचारीहरू निजी स्वार्थमा लागेकाले सरकारले संचालन गरेका उद्योगहरू फष्टाउन नसकेको उनको निष्कर्ष छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टले धरासायी अवस्थामा रहेका सरकारी उद्योगलाई नाफामुखि बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे।&nbsp;</p> <p>उनले व्यापार घाटालाई कम गर्न पनि सरकारले संचालनमा ल्याएका उद्योगहरूलाई उत्पादनमुखि बनाउन ढिलाई गर्न नहुने बताए।</p> <p>मन्त्री भट्टले उद्योग संचालनमा लागि आवश्यक आन्तरिक तथा बाह्य लगानी बढ्दै गएको पनि दाबी गरे।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्