काठमाडौं। अमेरिकी राष्ट्रपतिको मतगणना जारी रहँदा जोइ बाइडेन जित नजिक पुगेका छन्।
हिजो रातिदेखि अग्रता लिएको मिचिगानमा जित हासिल गरेसँगै बाइडेनले अहिलेसम्म २६४ इलेक्टोरल भोट ल्याइसकेका छन्।
बाइडेनले अहिलेसम्म वासिङ्टन, ओरेगन, क्यालिफोर्निया, एरिजोना, न्यु मेक्सिको, कोरोराडो, मिन्नेसोटा, विस्क्नसिन, लिनोइस, मिचिगान, माइन, न्यु ह्यामिस्पियर, भरमोन्ट, न्युयोर्क, मासाचुसेट्स, न्यु जर्सी, देलावेर, म्यारील्यान्ड, भर्जिनिया र हवाइमा जित हासिल गरिसकेका छन्।
अब उनलाई संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपति बन्नका लागि ६ इलेक्टोरल भोट मात्रै आवश्यक छ।
अहिले नेभाडामा अग्रता लिइरहेका बाइडेनले जिते जितका लागि आवश्यक २७० भोट ठ्याकै ल्याउने छन्। हालसम्म वर्तमान राष्ट्रपति ट्रम्पले २१३ इलेक्टोरल भोट ल्याइसकेका छन्। उनले अहिले चार राज्यमा गरी अग्रता लिइरहेको ५४ भोट ल्याए पनि २६७ मात्रै हुनेछ।
तर, अहिले आफूले अग्रता लिइरहेका सबै राज्यमा जितेर नेभेडा पनि बाइडेनबाट खोस्न सके प्रतिद्वन्दी बाइडेनलाई २६४ मै रोकेर ट्रम्प विजयी बन्ने सम्भावना पनि बाँकी छ।
तर, यसअघि ट्रम्पसँग पराजित भएकी हिलारी क्लिन्टनले जितेको पेन्सिलभेनियामा उनले नै अग्रता लिइरहे पनि बाइडेनले जित्ने पूर्ण विश्वाव व्यक्त गरिरहेका छन्।
" /> काठमाडौं। अमेरिकी राष्ट्रपतिको मतगणना जारी रहँदा जोइ बाइडेन जित नजिक पुगेका छन्।हिजो रातिदेखि अग्रता लिएको मिचिगानमा जित हासिल गरेसँगै बाइडेनले अहिलेसम्म २६४ इलेक्टोरल भोट ल्याइसकेका छन्।

">