काठमाडौं। लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि आह्वान गरेको विज्ञापन स्थगित गरेको छ। सर्वोच्च अदालतको तीन वटा अल्पकालिन आदेशहरूको कार्यान्वयका लागि आयोगले असोज १८ गते खुलाइएका सबै विज्ञापनको दरखास्त स्थगित गरिएको बताएको छ।
आयोगले असोज १८ गते राजपत्रांकित प्रथम र द्वितीय श्रेणी ९प्राविधिक र अप्राविधिक० र स्वास्थ्य सेवाका ११ औं र ९ औं तहका पदको कार्यक्षमता, ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवा, स्वास्थ्य सेवातर्फकै ११ औं र ९ औं तहका प्राविधिक र अप्राविधिक पदको आन्तरिक र खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो।
आयोगको आज बसेको बैठकले दरखास्त स्थगित गर्ने निर्णय गरेको हो।
आयोगले १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको थियो। उपसचिवमा बढुवाबाट ३८४ र खुलाबाट ७२ जना गरी जम्मा ४५६ जनाका लागि विज्ञापन आह्वान गरिएको थियो। जसमध्ये निजामतीतर्फ बढुवामा २६६ र खुल्ला २७ जना गरी २९३ जना मागेको थियो।
सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि परीक्षा दिने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको थियो। आयोगले कोरोना संक्रमितले परीक्षा दिन नपाउने भन्दै कार्यविधि जारी गरेको थियो।
लोक सेवा आयोगबाट संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड जारी गरेको थियो। उक्त मापदण्डले संक्रमितले परीक्षा दिन नपाउने र कोरोना संक्रमण भएरनभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको थियो।
" /> काठमाडौं। लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि आह्वान गरेको विज्ञापन स्थगित गरेको छ। सर्वोच्च अदालतको तीन वटा अल्पकालिन आदेशहरूको कार्यान्वयका लागि आयोगले असोज १८ गते खुलाइएका सबै विज्ञापनको दरखास्त स्थगित गरिएको बताएको छ।आयोगले असोज १८ गते राजपत्रांकित प्रथम र द्वितीय श्रेणी ९प्राविधिक र अप्राविधिक० र स्वास्थ्य सेवाका ११ औं र ९ औं तहका पदको कार्यक्षमता, ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवा, स्वास्थ्य सेवातर्फकै ११ औं र ९ औं तहका प्राविधिक र अप्राविधिक पदको आन्तरिक र खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो।

">