काठमाडौं। आज अमेरिकी राष्ट्रपतिको चुनावपछिको पहिलो दिन। र, मत गणना सुरू भएसँगै अमेरिकाको ४६औं राष्ट्रपति को बन्ला भन्ने चासो झनै बढिरहेको छ।
ह्वाइट हाउसमा वर्तमान राष्ट्रपति ट्रम्पकै पुनरागमन हुने कि डेमोक्र्याट जोइ बाइडेनको ह्वाइटहाउसमा प्रवेश हुने भन्ने अहिलेसम्म कुनै स्पष्ट सङ्केत नदेखिए पनि डोनाल्ड ट्रम्पले आफूले चुनाव जितेको घोषणा गरिसकेका छन्।
अर्कोतर्फ, बाइडेनले चुनाव कसले जितको भन्ने कुरा ट्रम्पले वा बाइडेनले घोषणा गर्ने कुरा नभएर अमेरिकी मतदाताले घोषणा गर्ने बताएका छन्। बाइडेनले अन्तिम ब्यालोटको गणना नहुन्जेल केही पनि निश्चित नहुने बताएका छन्।
तर, यी दुवै उम्मेद्वारको आत्मविश्वास देखेर यो चुनावको नतिजा र माहोल ‘इन्ट्रेस्टिङ’ हुने देखिन्छ।
अहिले विश्वभरबाट अमेरिकी चुनावमा कसले जित्छ भन्ने विषयमा चासो पूर्वक हेरिरहेका छन्। यो चुनावमा ‘डेड हिट’को सम्भावना पनि उत्तिकै छ।
द इलेक्टोरल कलेज
करिब एक हप्तादेखि भरिँदै आएका प्रत्येक ब्यालोटमा ट्रम्प र बाइडेनको नाम भए पनि लाखौं अमेरिकी नागरिकले सोझै राष्ट्रपतिको चुनाव गर्दैनन्।
यसको सट्टामा प्रत्येक भोटरले दिएको मत इलेक्ट्रोस भोटमा रूपान्तरण हुन्छ। र, यसरी रूपान्तरण भएको २७० इलेक्ट्रोस भोट ल्याउने उम्मेद्वार अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन्।
विभिन्न राज्यको नतिजा सार्वजनिक भएसँगै अहिलेसम्म बाइडेनले २३८ इलेक्ट्रोस भोट र ट्रम्पले २१३ इलेक्ट्रोस भोट ल्याएका छन्।
र बाँकी इलेक्ट्रोरल कलेज भोटले दुवै उम्मेद्वारलाई विजयी बनाउने उत्तिकै मार्ग देखाएका छन्। यद्यपि, बाँकी इलेक्ट्रोरल कलेज भोटले नतिजा बराबरीमा पुर्याउन सक्ने सम्भावना पनि बोकिरहेकै छ।
यदि बाइडेनले यसअघि ट्रम्पसँग पराजित भएकी हिलारी क्लिन्टनले जितेका राज्यहरूसहित मिचिगान, विस्क्नसिन र एरिजोना जिते भने दुवै उम्मेद्वारले २६९ र २६९ इलेक्ट्रोरल कलेज भोट प्राप्त गर्नेछन्।
त्यस्तै नेब्रास्काको ५ इलेक्ट्रोस भोट जितेसँगै बाइडेनले २०१६ मा क्लिन्टनले जितेका सबै स्थान र पेन्सिलभेनिया र मिचिगानमा जित हात पारे भने पनि नतिजा बराबरी हुनेछ।
यदि बाइडेनले २०१६ मा डेमोक्र्याटले जितेको पेन्सिलभेनिया र मिचिगानमा जित्न सकेनन् भने उनी २६८ मा सीमित हुनेछन् भने ट्रम्पले २७० भोट प्राप्त गर्नेछन्।
यदि ट्रम्पले जर्जिया, विस्क्नसिन, मिचिगान र पेन्सिलभेनियामा जित हासिल गरे भने थप चार वर्ष ह्वाइट हाउस बसाइ थपिने छ।
यी सबै स्थानको समग्र भोटले वर्तमान राष्ट्रपति ट्रम्पलाई २७४ भोटसहित जिताउने छ।
बराबरी भए के हुन्छ ?
यदि यो मत गणनाको नतिजा बराबरी आयो भने नवनियुक्त हाउस अफ रिप्रेजेन्टेटिभले नयाँ राष्ट्रपतिको चयन गर्नेछन्। यस्तो अवस्थामा विजयी हुनका लागि २६ भोटभन्दा धेरै ल्याउनु पर्नेछ।
पछिल्लो समय बराबरी नदेखिए पनि १८०० को चुनावको पहिलो चरणको नतिजा बराबरीमा टुङ्गिएको थियो।
हामीले चुनाव जितिसक्यौं, मतगणना रोकौं: ट्रम्प
मतगणना चलिरहँदा अमेरिकामा दुई उम्मेदवारबीच ट्विटर युद्ध
कहिले आउँछ अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा?
अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोडले हुलाकमार्फत् मतदान
" /> काठमाडौं। आज अमेरिकी राष्ट्रपतिको चुनावपछिको पहिलो दिन। र, मत गणना सुरू भएसँगै अमेरिकाको ४६औं राष्ट्रपति को बन्ला भन्ने चासो झनै बढिरहेको छ।ह्वाइट हाउसमा वर्तमान राष्ट्रपति ट्रम्पकै पुनरागमन हुने कि डेमोक्र्याट जोइ बाइडेनको ह्वाइटहाउसमा प्रवेश हुने भन्ने अहिलेसम्म कुनै स्पष्ट सङ्केत नदेखिए पनि डोनाल्ड ट्रम्पले आफूले चुनाव जितेको घोषणा गरिसकेका छन्।

">