सुर्खेत। प्रहरीले ३० वर्षदेखि फरार रहेका व्यक्ति कुटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ।

पञ्चपुरी नगरपालिका-२, सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बर्दियाको बाँसगढीबाट पक्राउ गरेको हो।

जिल्ला अदालत सुर्खेतले २०४७ पुस २६ गते व्यक्ति कुटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा सुनारलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र पाँच हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

सुनारका सहोदर तीन दाजुभाइ मिलेर २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपिट गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो। घटनापछि पीडित तुलारामको बायाँ हात र खुट्टा चल्न छाडेको र शारीरिकरूपले अशक्त भएको बताइएको छ।

मानबहादुरसहित दुईजना पक्राउ परिसकेका छन् भने एक अझैं फरार छन्।

अदालतले घटनामा संलग्न तीनै दाजुभाइलाई समान सजाय सुनाएको थियो।

फैसला भएकै राति सुनार दाजुभाइ गाउँबाट फरार भएका थिए। जिल्ला प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक हरि साउदको नेतृत्वमा चारजनाको टोली खटाएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पक्राउ गरिएका अभियुक्तलाई अदालत समक्ष पठाइएको बताए। रासस

" /> सुर्खेत। प्रहरीले ३० वर्षदेखि फरार रहेका व्यक्ति कुटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ।

पञ्चपुरी नगरपालिका-२, सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बर्दियाको बाँसगढीबाट पक्राउ गरेको हो।

जिल्ला अदालत सुर्खेतले २०४७ पुस २६ गते व्यक्ति कुटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा सुनारलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र पाँच हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

सुनारका सहोदर तीन दाजुभाइ मिलेर २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपिट गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो। घटनापछि पीडित तुलारामको बायाँ हात र खुट्टा चल्न छाडेको र शारीरिकरूपले अशक्त भएको बताइएको छ।

मानबहादुरसहित दुईजना पक्राउ परिसकेका छन् भने एक अझैं फरार छन्।

अदालतले घटनामा संलग्न तीनै दाजुभाइलाई समान सजाय सुनाएको थियो।

फैसला भएकै राति सुनार दाजुभाइ गाउँबाट फरार भएका थिए। जिल्ला प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक हरि साउदको नेतृत्वमा चारजनाको टोली खटाएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पक्राउ गरिएका अभियुक्तलाई अदालत समक्ष पठाइएको बताए। रासस

"> ३० वर्षदेखि फरार अभियुक्त पक्राउ: Dekhapadhi
३० वर्षदेखि फरार अभियुक्त पक्राउ
सुर्खेत। प्रहरीले ३० वर्षदेखि फरार रहेका व्यक्ति कुटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ।

पञ्चपुरी नगरपालिका-२, सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बर्दियाको बाँसगढीबाट पक्राउ गरेको हो।

जिल्ला अदालत सुर्खेतले २०४७ पुस २६ गते व्यक्ति कुटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा सुनारलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र पाँच हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

सुनारका सहोदर तीन दाजुभाइ मिलेर २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपिट गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो। घटनापछि पीडित तुलारामको बायाँ हात र खुट्टा चल्न छाडेको र शारीरिकरूपले अशक्त भएको बताइएको छ।

मानबहादुरसहित दुईजना पक्राउ परिसकेका छन् भने एक अझैं फरार छन्।

अदालतले घटनामा संलग्न तीनै दाजुभाइलाई समान सजाय सुनाएको थियो।

फैसला भएकै राति सुनार दाजुभाइ गाउँबाट फरार भएका थिए। जिल्ला प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक हरि साउदको नेतृत्वमा चारजनाको टोली खटाएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पक्राउ गरिएका अभियुक्तलाई अदालत समक्ष पठाइएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्