काठमाडौं। यसै वर्षको आरम्भमा संसारभर चिनिएको कोभिड-१९ लाई विश्व स्वास्थ्य संगठनले सुरुआती दिनमा किन गम्भीर ढंगमा लिएन? यो भाइरसको संक्रमण एक महामारी हो भनी घोषणा गर्न किन ढिलाइ गर्यो? कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाहमा किन चुकिरहेको छ? यस्ता थुप्रै प्रश्न छन्, जुन डब्ल्यूएचओमाथि उठाइँदै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यो संगठनलाई ‘चीनको नोकर’ नै करार गरिदिइसके। फेब्रुअरी महिनाको मध्य समय थियो, जतिखेर कोरोना भाइरसले आफ्नो पँखेटा फिँजाउन थालेको थियो। सोही बखत डब्ल्यूएचओको टोली चीन गयो, त्यहाँ उसले यो भाइरस जनावरबाट कसरी मानवमा सर्यो भन्ने खोज गर्नु थियो।
न्युयोर्क टाइम्सको रिपाेर्टअनुसार त्यसबेलासम्म कोरोना भाइरस चीनबाट बाहिर आउन सुरु मात्रै भएको थियो। चीन र संसारभरका वैज्ञानिकले अपेक्षा गरेका थिए, भाइरसलाई पशुबाट फैलने माध्यम (सोर्स)लाई रोक्न सकिन्छ। त्यसबेला डब्ल्यूएचओका आपत्कालीन निर्देशक डा. माइक रेयानले भनेका थिए, ‘‘यदि हामीले यो भाइरसको सोर्स पत्ता लगाउन सकेनौं भने भविष्यमा हामी यसको तीव्र चपेटामा पर्ने छौं। यो भाइरसको सोर्स पत्ता लगाउनु आगामी महत्त्वपूर्ण कदम हुने छ।’’
तर, चीनले त्यसबेला डब्ल्यूएचओको उक्त टिमलाई भाइरसको सोर्स जाँच गर्न अनुमति नै दिएन। डा. रेयान र उनको आपत्कालीन समितिले सल्लाह दिँदादिँदै पनि डब्ल्यूएचओको नेतृत्वले आफ्ना विशेषज्ञको सुझावलाई किनारातिर मिल्काइदियो।
भाइरसको संक्रमणबारे चीनको प्रारम्भिक प्रतिक्रियामाथि न कुनै प्रश्न गरियो न त वुहान सहरको एनिमल मार्केटमै जाँच गरियो। सोही एनिमल मार्केटबाटै कोरोना भाइरस उत्पन्न भएको दाबी गरिएको थियो।
सोही दिनदेखि आजका मितिसम्म आइपुग्दा ९ महिना बितिसकेको छ। संसारभर यो विषाणुले १२ लाखभन्दा बढीको ज्यान लिइसकेको छ। तर अहिलेसम्म पनि यो भाइरसको उत्पत्तिबारे कुनै पारदर्शी र स्वतन्त्र परीक्षण हुन सकेको छैन।
चीनले स्वतन्त्र र बाहिरी जाँचलाई स्वीकृति दिएको छैन। डब्ल्यूएचओको टोलीलाई समेत उसले सतही जाँचको अनुमति मात्रै दिएको आरोप सर्वत्र लाग्दै आएको छ। त्यस्तो जाँचका लागि डब्ल्यूएचओले चीनसमक्ष केही विशेषज्ञको नाम पठाएको थियो, त्यसको उत्तर पनि चीनले अझै दिएको छैन।
डब्ल्यूएचओले समयमै महामारीको चेतावनी दिएन
यो महामारीले पंख फैलाउन थालिसक्दा पनि संसारको स्वास्थ्यबारे ध्यान दिने जिम्मा पाएको एकमात्र निकाय डब्ल्यूएचओ लाचार र शान्त थियो। यो संस्थाले संसारका कोरोना पीडितलाई न त समयमा चेतावनी दियो न त यसको उचित जाँचपड्ताल नै गर्यो।
डब्ल्यूएचओको यही गैरजिम्मेवारी हर्कतका कारण अहिले संसार कोरोना कहरबाट त्रसित रहेको कतिपयको आरोप छ। डब्ल्यूएचओले कोरोना परीक्षणको किट र भ्याक्सिनबारे पनि राम्ररी जानकारी दिन सकेन। अहिले पनि उसले कोरोनाको उपचारका बारेमा भर पर्दो निर्देशन वा उपाय सुझाउन सकिरहेको छैन।
युरोप-अमेरिकाका केही संस्थाले कोरोना परीक्षण किट तयार गर्दा समय निकै घर्किसकेको थियो। त्यसबेलासम्म संसारकका अधिकांश देशमा धेरथोर संक्रमण फैलिसकेको थियो। केही समयपछि त कोरोना यसरी फैलियो कि इटली, अमेरिका, बेलायत, फ्रान्स, ब्राजिलका साथै अलि पछि भारतले समेत सम्हाल्न सकेनन्।
अहिले संसारभरका डेढ सयभन्दा बढी कम्पनी कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा दिनरात नभनी खटिइरहेका छन्। कतिपय धनी देशहरूले भ्याक्सिन प्रिअर्डर गर्दै भुक्तानी गर्न थालेका छन्। यसले गरिब देशमा भ्याक्सिन समयमा नपुग्ने खतरा बढेको छ। त्यतिमात्र होइन, यो अत्यावश्यक औषधि थुपार्ने र बढी मूल्यमा बेच्ने आशंका पनि बढेको छ। यसबारे पनि डब्ल्यूएचओले निर्देशनात्मक धारणा सार्वजनिक गर्न सकिरहेको छैन।
" /> काठमाडौं। यसै वर्षको आरम्भमा संसारभर चिनिएको कोभिड-१९ लाई विश्व स्वास्थ्य संगठनले सुरुआती दिनमा किन गम्भीर ढंगमा लिएन? यो भाइरसको संक्रमण एक महामारी हो भनी घोषणा गर्न किन ढिलाइ गर्यो? कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाहमा किन चुकिरहेको छ? यस्ता थुप्रै प्रश्न छन्, जुन डब्ल्यूएचओमाथि उठाइँदै आएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यो संगठनलाई ‘चीनको नोकर’ नै करार गरिदिइसके। फेब्रुअरी महिनाको मध्य समय थियो, जतिखेर कोरोना भाइरसले आफ्नो पँखेटा फिँजाउन थालेको थियो। सोही बखत डब्ल्यूएचओको टोली चीन गयो, त्यहाँ उसले यो भाइरस जनावरबाट कसरी मानवमा सर्यो भन्ने खोज गर्नु थियो।

">