बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीनजनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा नौमुले गाउँपालिका-४ दैलेखका धनबहादुर रोका, कुमाख गाउँपालिका-५ सल्यानका कृष्ण शाह र शारदा नगरपालिका–९ सल्यानका डिल्लीबहादुर बोहरा रहेकाे बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।
उनका अनुसार घोराही उपमहानगरपालिका-१७ दाङका माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यवसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी एक करोड ८९ लाख ५० हजार रूपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएकाे हाे।
नेपालगञ्ज उपमहानगरपालिका-१ बाट उनीहरूलाई ४० लाखसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाकाे भनाइ छ।
आइतबार पक्राउ गरिए पनि उनीहरूलाई मंगलबार पत्रकार सम्मेलनमार्फत् प्रहरीले सार्वजनिक गरेको थियो। रासस
" /> बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीनजनालाई पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा नौमुले गाउँपालिका-४ दैलेखका धनबहादुर रोका, कुमाख गाउँपालिका-५ सल्यानका कृष्ण शाह र शारदा नगरपालिका–९ सल्यानका डिल्लीबहादुर बोहरा रहेकाे बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

">