काठमाडौं। गत चैतबाट गरिब तथा मजदूरहरूलाई खाना खुवाउँदैं आएका हण्ड्रेड्स ग्रुपका संयोजक अंशु यादवलाई कात्तिक १७ गते दिउँसो काठमाडौं महानगरपालिकाबाट आएको फोनमा भनियो, “अबदेखि खुलामञ्चमा खाना नखुवाउनुहोला।”
अंशुले प्रश्न गरे, किन ?
जवाफ आयो, ‘तपाइहरूले खाना खुवाउँदा कोरोना संक्रमणको जोखिम बढ्यो, जथाभावी फोहोर भयो।’
अंशुले फेरि प्रश्न गरे, “गत चैतदेखि आजका दिनसम्म खाना बाँड्दा फोहोर पनि भएन्, कोरोना संक्रमणको जोखिम पनि भएन। अहिले आएर कसरी यस्तो भयो?”
फोनमा जवाफ आयो, “यो माथीको आदेश हो। तपाईहरूले भोलीबाट खाना खुवाउन पाउनुहुन्न।”
अंशुले प्रतिवाद गर्दै भने, “हाम्रो अभियान जारी रहन्छ। यदि सक्नुहुन्छ भने रोकेर देखाउनुहोला। जबसम्म राज्यले भोको पेटमा माम दिने व्यवस्था गर्दैन्, तबसम्म हामी खाना बाडिरहन्छौं।”
उनले गत चैतदेखि काठमाडौंको खुलामञ्च, पशुपति लगायतका क्षेत्रमा गरिब तथा मजदूरहरूलाई निःशुल्क भोजनको व्यवस्था मिलाइरहेका छन्। तर, खाना बाड्ने अभियान सञ्चालन गरेको आठ महिनापछि राज्यले फोहोर भएको र कोरोना संक्रमणको जोखिम देख्यो।
गरिब मजदूरहरूलाई खाना खुवाउँदा राज्यलाई लाज लागेर यस्तो बहाना गरेको उनको आरोप छ। “यत्रो महिनासम्म खुवाउँदा एक किलो चामल पनि सहयोग गर्न अघि नसरेको महानगर अहिले आएर लाज लाग्यो होला। अनेकन बाहना गरेर रोक्ने प्रयासमा अघि सर्यो” अंशुले भने।

खाना खुवाउने अभियानमा सक्रिय अभियन्ता बद्रीप्रसाद ढुंगानाको टीमले दिउँसो २ बजेतिर खुलामञ्चमा खाना बाडिरहेको थियो। काठमाडौं महानगरबाट सईको नेतृत्वमा नगर प्रहरी आए। तत्काल खाना बाड्ने कार्यक्रम बन्द गर्न निर्देशन दिए। उनीहरू खुलामञ्च पुग्नुअघि त्यहाँ खाना खानका लागि आएका मानिसहरूलाई लाइनमा बस्न अवरोध गरेका रहेछन्।
उनीहरू पुग्नेवित्तिकै माथिको आदेश भन्दै खाना खुवाउन नपाउने भनियो। बद्रीले सोधे, “कसले र किन यस्तो आदेश दियो?”सईले जवाफ दिए, “हाम्रो हाकिमले खाना खुवाउने कार्यक्रम बन्द गराउनुहोस् भनेर निर्देशन दिनुभएको छ।”
बद्रीले तत्काल महानगर प्रहरी प्रमुख धनपती सापकोटालाई फोन लगाए। उनले माथिको आदेश आएको भन्दै खाना खुवाउने अभियान बन्द गर्न भने। तर, बद्रीले राज्यले अर्को व्यवस्था नगर्दासम्म आफुहरूको अभियान नरोकिने जवाफ दिए।
महानगरपालिका स्थानीय प्रहरीबाट तीन दिनदेखि खाना खुवाउने अभियानमा अवरोध सिर्जना गरिरहेको अर्का अभियान्ता बब्लु गुप्ताले जानकारी दिए। विभिन्न दाताहरूबाट प्राप्त भएको सहयोगका आधारमा खाना बनाएर दैनिक तीन सय भन्दा बढी गरिब तथा मजदूरहरूलाई खाना वितरण हुदैं आएको छ।
काठमाडौंको खुलामञ्च र पशुपति क्षेत्रमा अहिले बिहान, दिउँसो र बेलुका गरी तीन पटक खाना खुवाइन्छ। हाम्रो टीम नेपाल, हण्ड्रेड ग्रुप्स लगायतका संस्थाले खाना खुवाउँदैं आएका छन्।
‘खाना बन्द गर्ने भए हामीलाई मारिदेउँ’
यमबहादुर खड्का गत चैतबाट रोजगार बिहिन बनेका छन्। काम नपाएपछि अचेल भारी बोक्ने काम गर्न थालेका छन्। जुन दिन पायो त्यो दिन भारी बोक्छन्, नपाएको दिन एक पैसा पनि आम्दानी हुँदैंन्। रोजगारी नै नभएपछि सात महिनादेखि कोठामा जान पाएका छैनन्। घरबेटीले उनको कोठामा ताला लगाएको छ।
अचेल उनका दुई छोराछोरी र श्रीमतीसहित स–परिवारको सडकमा बास भएको छ। सबै सामान कोठामै छन्। तर, घरबेटीले भाडा नदिएसम्म कोठामा बस्न नदिने बताउँदैं आएको छ। जसले गर्दा उनको परिवारको बास नै सडकमा भएको हो।
खानाका लागि उनलाई कुनै समस्या छैन्। किनकी बिहान, बेलुकाको छाक त विभिन्न सामाजिक संस्थाले वितरण गर्दै आएको खानाबाट टर्छ। तीन दिन यता उनी खाना बन्द गर्न अघि सरेको सरकारप्रति आक्रोशित छन्।
उनी भन्छन्, “हाम्रो छाक टार्ने बाटोमा राज्य तगारो बन्यो भने हामी जे पनि गर्न तयार हुन्छौं। सरकारले त दिन सकेको छैन्। तर विभिन्न संस्थाले हामीलाई खाना दिइरहेका छन्। सरकारले हामीले खाएको पनि देख्न सकेन्।”
खाना खुवाउने कार्यक्रम बन्द गर्ने हो भने गरिब तथा मजदूरलाई विष खुवाएर एकैपटक मारिदिए हुने उनको चेतावनी छ।

पम्फा थापा पनि गत चैतदेखि रोजगार विहिन छिन्। स–साना दुई छोरीलाई हुर्काउँदैं आएकी उनी काम नपाएपछि अचेल इन्द्रचोक, असन क्षेत्रमा भारी बोक्ने काम गर्छिन्। “अरू काम नपाएपछि पुरूषसरह प्रतिश्पर्धा गरेर काम गर्छु। कुनै दिन दुई तीन सय हुन्छ। कुनै दिन त मलाई काम नै दिदैंनन्।” उनले आफ्नो पीडा व्यक्त गरिन्।
काठमाडौं महानगरपालिकाले खाना खुवाउने अभियानमा अवरोध गर्न थालेपछि उनी आक्रोशित बनेकी छिन्। “राहत पनि हामी जस्ता गरिबले पाएनौं। हुने खानेलाई दिए। अहिले खाना खुवाउने ठाउँमा आएर हामीलाई भोकै मर भन्दैछ”, उनले भनिन्।
अवरोध गरे पनि अभियान जारी
काठमाडौं महानगरको अवरोधकाबीच खाना खुवाउने अभियान भने जारी छ। संयोजक यादवले जस्तोसुकै अवस्था आएपनि अभियान नरोकिने बताए।
“हाम्रो केही कमीकमजोरी छ भने त्यसलाई सुधार गरेर अगाडि बढ्न तयार छौं। तर, गरिबको पेटमा लात हानेर हामी टुलुटुलु हेरेर बस्न सक्दैंनौं।” यादवले भने।
" /> काठमाडौं। गत चैतबाट गरिब तथा मजदूरहरूलाई खाना खुवाउँदैं आएका हण्ड्रेड्स ग्रुपका संयोजक अंशु यादवलाई कात्तिक १७ गते दिउँसो काठमाडौं महानगरपालिकाबाट आएको फोनमा भनियो, “अबदेखि खुलामञ्चमा खाना नखुवाउनुहोला।”अंशुले प्रश्न गरे, किन ?

">