बेइजिङ। अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरीदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।
हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचारअनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ खरीद गर्ने गरेको छ।
आगामी शुक्रबारदेखि नै चीनले अस्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइला, तामाको धाऊसमेतका कतिपय वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। गहुँ आयातमा गर्न लागिएको प्रतिबन्ध कहिलेदेखि लाग्नेछ भन्ने स्पष्ट भइसकेको भने छैन।
चिनियाँ आयातकर्ताहरूले तोकिएको मितिभन्दा पछि अस्ट्रेलियाली प्रतिबन्धित सामग्री आए त्यसको जिम्मेवार आयातकर्ताहरू नै हुने चिनियाँ अधिकारीहरूले बताएका छन्। अधिकारीहरूले परिवर्तित नियमहरूलाई कडाइका साथ लागु गर्न आदेश दिएका छन्।
अस्ट्रेलियाले गत अप्रिलमा कोरोनाभाइरसको उत्पत्ति चीनबाट भएको दोषारोपण गरेयता चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा तिक्तता आएको छ।
त्यसयता चीनले अस्ट्रेलियाबाट आयात हुने सामानमा कर वृद्धिका साथै अन्य कारबाही गरिसकेको छ। चिनियाँ भन्सार प्रशासनले शुक्रबार अस्ट्रेलियाबाट आयातित काठमा शंकास्पद विषादि भेटिएको जनाउँदै चीन प्रवेशमा रोक लगाएको जनाएको छ।
रासस/एएनआई
" /> बेइजिङ। अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरीदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचारअनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ खरीद गर्ने गरेको छ।

">