प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया सम्पन्‍न
"प्रधानमन्त्रीज्यूको अपरेशन १२:४५ बजे सफलतापूर्वक सम्पन्न भएको छ",  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीसँग भने।
महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेको हो।
पेट दुखेपछि प्रधानमन्त्री ओली आज बिहान स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टर गएका थिए।
के हो त एपेन्डिसाइटिस ?
दाहिने कोखाभन्दा अलिकति तल एपेन्डिक्स रहेको हुन्छ। यही एपेन्डिक्स कुनै पनि कारणले सुन्निएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ।
यो बिरामीका लागि गम्भीर अवस्था हो। समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार गरिएन भने  एपेन्डिसाइटिसबाट बिरामीको मृत्यु पनि हुन सक्छ।
केही जिवाणुको सङ्क्रमणले गर्दा एपेन्डिक्सको कोष सुन्निन्छन्। र, सुन्निएको कोषमा ब्याक्टेरिया समूहका अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप सङ्क्रमण गराउदँछन् अनि एपेन्डिसाइटिस हुन्छ।
एपेन्डिक्स ठूलो आन्द्रासँग सीधै जोडिएको हुनाले कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर सङ्क्रमण गराउन सक्दछ।
एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन्। जुन एपेन्डिसाइटिसको प्रमुख कारणमध्ये एक हो।
कब्जियतका बिरामीले दिशा पातलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एपेन्डिसाइटिस हुन सक्छ।
शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्नेबाहेक यसको उपचारको अर्को विकल्प छैन।
एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने यसले हाम्रो पेटमा रहेको आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रालगायतलाई ढाकेर राख्ने तन्तुको एक तह पेरिटोनियमलाई फुटाइदिन सक्छ। जसले गर्दा सङ्क्रमण शरीरभरि फैलिएर विरामीको अवस्था चिन्ताजनक हुन सक्छ।
एपेन्डिक्स मानव शरीरमा जन्मैदेखि रहेको हुन्छ।
परापूर्वकालमा जुनबेला मानिसले काचो खानेकुराहरु खान्थे, त्यसबेला खाना पचाउन एपेन्डिक्स सक्रिय हुने गरेको र विकासक्रमसँगै मानिसले खानेकुरा पकाएर खान थालेपछि मानव शरीरमा एपेन्डिक्सको भूमिका समाप्त भएर गएको चिकित्सकहरु बताउँछन्।
एपेन्डिक्स मानव शरीरमा कामै नलाग्ने भाग भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्