मोटरसाइकलबाट खसेर मृत्यु
<p style="text-align: justify;">काठमाडौं। सल्यानको छत्रेश्वरी–६ लान्तीमा मोटरसाइकलबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">उनी दाङका हुन्। तर, नाम र थर भने खुलेको छैन। करिब २६ वर्षका ती पुरूष मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका थिए। </p>
<p style="text-align: justify;">उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।</p>
<p style="text-align: justify;">मोटसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।</p>