काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–८ ढकालचौपारीमा लाखौं रूपैयाँको धनमाल लुटपाट भएको छ।
६९ वर्षीया महिलाको घरबाट नगद ३ लाख रूपैयाँ र करिब ९ लाख ५ हजार रूपैयाँ बराबरको सुनका गरगहना गरी करिब १२ लाख ६३ हजार रूपैयाँ लुटपाट भएको हो।
ती महिलाको घरमा आएका ३ जना अपरिचित ब्यक्तिहरूले बिजुली बन्द गरी पानी पिउन मागेको र पानी दिने क्रममा अचानक खुकुरी देखाइ कुटपिट गरी धनमाल लुटपाट गरेको बताइएको छ। कुटपिटबाट घाइते महिलाको रामपुर अस्पताल पाल्पामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ।
लुटपाटमा संलग्नहरू हाल फरार छन्। उनीहरूको प्रहरीले खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–८ ढकालचौपारीमा लाखौं रूपैयाँको धनमाल लुटपाट भएको छ।६९ वर्षीया महिलाको घरबाट नगद ३ लाख रूपैयाँ र करिब ९ लाख ५ हजार रूपैयाँ बराबरको सुनका गरगहना गरी करिब १२ लाख ६३ हजार रूपैयाँ लुटपाट भएको हो।

">