वासिङ्टन। विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ।

अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्पराअनुसार त्यस ठाउँमा मतदान भइसकेको हो। नेपाली समयअनुसार मंगलबार बेलुकाबाट मतदान सुरु हुने भएको हो। अमेरिकाको स्थानीय समयअनुसार भने मंगलबार बिहान स्थानअनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान सुरु भएको छ।

प्रत्यक्ष मतदान मंगलबार हुने भए पनि सोमबारसम्म अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरूले मतदान गरिसकेको अधिकारीहरूले जनाएका छन्।

चुनावको एक दिन बाँकी छँदा ६.९५ करोड अमेरिकीले हुलाकमार्फत् अथवा पहिल्यै मतदान गर्न पाउने व्यवस्थाअन्तर्गत मत दिइसकेको अधिकारीहरूले जनाएका छन्। अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत् लाखौँ सङ्ख्यामा मतदाताले मतदान गर्दछन्।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यसपटक कोरोनाभाइरस महामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो।

राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार जो बाइडेनका बीच प्रतिस्पर्धा हुँदै छ। प्रतिस्पर्धीमध्ये ट्रम्प ७४ वर्ष र बाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेवारी वृद्ध नेतालाई नै पर्ने भएको छ।

बाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख मुद्दा बनाइरहेका छन् भने ट्रम्प आफूमाथि लागेको आरोपहरूको प्रतिवाद गर्दै आक्रामक रूपमा प्रस्तुत भएका छन्।

चुनावी सर्वेक्षणहरूमा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनलाई नै अगाडि देखाइएको छ भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दाबी गरिएको छ।

अमेरिकी राष्ट्रपतिको काम कारवाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्त्वका साथ हेर्ने गरिन्छ। अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्र्याटहरूलाई उदारवादी धारका रूपमा लिने गरिन्छ।

रासस/एपी/एएनआई

" /> वासिङ्टन। विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ।

"> अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोडले हुलाकमार्फत् मतदान: Dekhapadhi
अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोडले हुलाकमार्फत् मतदान

प्रतिक्रिया दिनुहोस्