काठमाडौं। कोरोना भाइरसको महामारीमा केही परोपकारी समूहहरूले महिनौंदेखि काठमाडौं खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएको कार्य रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले भर्त्सना गरेको छ।
साझा पार्टीले आज एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाको उक्त कार्यलाई अमानवीयताको पराकाष्ठा बताएको छ।
“कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो,” साझा पार्टीले विज्ञप्तिमा भनेको छ, “तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।”
सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्नेसमेत जनाइएको छ।
साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने विज्ञप्तिमा उल्लेख छ। साझाले विज्ञप्तिमा भनेको छ, “शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।”
उक्त कदम महिनौंदेखि निरन्तर रूपमा शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र भएको साझाले जनाएको छ।
साझा पार्टीले नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न अपिल समेत गरेको छ।
“सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्,” साझाले भनेको छ।
" /> काठमाडौं। कोरोना भाइरसको महामारीमा केही परोपकारी समूहहरूले महिनौंदेखि काठमाडौं खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएको कार्य रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले भर्त्सना गरेको छ।साझा पार्टीले आज एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाको उक्त कार्यलाई अमानवीयताको पराकाष्ठा बताएको छ।

">