काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ११ जना माथि कारवाही गरेको छ। उनीहरुलाई सोमबार कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक नियम उल्लंघन गर्ने ७७९ जनालाई काठमाडौं उपत्यकामा सोमबार ट्राफिक प्रहरीले कारबाही गरेको थियो।
यसरी कारवाहीमा पर्नेमध्ये यात्रुले देख्ने गरी सार्वजनिक सवारी साधनमा भाडा लिष्ट नटाँस्ने १५३ जना, नम्बर प्लेट स्पष्ट नराख्ने १८९ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ७७ जना र मदिरा पिएर सवारी साधन चलाउने ११ जना रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
सोमबार नै जोर बिजोरको उल्लङ्घन गर्ने ८१५ वटा सवारी साधनलाई उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो। जसमा ६४८ वटा दुई पाङग्रे र १६७ वटा चार पाङ्ग्रे सवारी साधन रहेका थिए।
काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। आज उपत्यकामा जोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
" /> काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ११ जना माथि कारवाही गरेको छ। उनीहरुलाई सोमबार कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।ट्राफिक नियम उल्लंघन गर्ने ७७९ जनालाई काठमाडौं उपत्यकामा सोमबार ट्राफिक प्रहरीले कारबाही गरेको थियो।

">