मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका आरोपीहरू पक्राउ
<p>माेरङ। मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>जिल्लाको बेलबारी नगरपालिका-१ स्थित अमना सिसौली जंगलमा कात्तिक १३ गते राति ११ः३० बजे सोही नगरपालिका-३ का सुकमान तामाङले चक्रबहादुर चौधरीको सहयोगमा एक बालिकालाई बलात्कार गरी फरार रहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको थियो।</p>
<p>यस्तै सोही दिन दिउँसो करिब ३ः३० मा मोरङको ग्रामथान गाउँपालिका-२ निवासी ४० वर्षीय जुमेश सरदारले स्थानीय एक युवतीलाई बलात्कार गरी फरार रहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले आज जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
