काठमाडौं। काबुल युनिभर्सिटी परिसरमा सोमबार इरानी बुक फेयर कार्यक्रम राखिएको थियो। फेयरमा सहभागी हुन विद्यार्थी भेला हुँदै थिए।

अचानक सोही परिसरमा तीनजना बन्दुकधारीले प्रवेश गरे। विद्यार्थी डरले काँप्दै जथाभावी दौडन थाले। बन्दुकधारीले हमला गरिहाले।

यो दृश्य हो अफगानिस्तानको राजधानी काबुलस्थित विश्व विद्यालयको। हमलामा कम्तीमा १९ जनाको मृत्यु भएको र २२ जना गम्भीर घाइते भएको त्यहाँको गृह मन्त्रालयले जानकारी दिएको छ।

तत्कालै सुरक्षाकर्मीले युनिभर्सिटीलाई घेरा हाले र हमलाकारीमाथि जवाफी फायरिङ गरे। तीनै जना हमलाकारीलाई उनीहरुले त्यहीँ ढालिदिए।

हमला कसले गर्‍यो? पछिल्लो समय थुप्रै स्थानमा हमला गर्दै आएको तालिबानले यसमा आफ्नो सहभागिता नरहेको बताएको छ। त्यतिमात्र होइन उसले यो हमलाको निन्दासमेत गरेको छ।

अफगानिस्तानमा शैक्षिक संस्थामा हमला भएको यो पहिलो पटक होइन। आतंककारीको निशानामा थुप्रै पटक विद्यार्थी परिसकेको छन्।

आफूलाई इस्लामिक स्टेट बताउने चरमपन्थी संगठनले केही महिनाअघि अफगानिस्तानको एक ट्युसन सेन्टरमा हमला गरेको थियो। उक्त हमलामा २४ जनाको मृत्यु भएको थियो। त्यसअघि २०१८ मा काबुल युनिभर्सिटीमा आईएसले हमला गरेर दर्जनौं मानिस मारिदिएको थियो।

एक साता अघिमात्रै पनि काबुलकै एक शिक्षणसंस्थामा चरमपन्थीले हमला गरेर ४० विद्यार्थी मारिदिएका थिए। उक्त शिक्षण संस्था सियाबहुल क्षेत्रमा रहेको छ। सो हमलाको आईएसले जिम्मेवारी लिएको थियो।

अचम्म त के छ भने, हमलाकारी संगठन तालिबानसँग अफगान सरकारले वार्ता गरिरहेको छ। तर पनि हमला हुन छाडेको छैन। सरकार र तालिबानबीच दोहामा शान्ति वार्ता चलिरहेको छ।

तालिबानभित्र अलकायदाको एक गुट सक्रिय रहेको र सोही समूहले हमला गरिरहेको आशंका गरिएको छ। तर तालिबानले भने अलकायदासँगको सम्बन्ध तोड्ने बताएको थियो।

अफगानिस्तानमा पछिल्लो समय दैनिकजसो हमला हुन थालेको छ। त्यहाँ कोही पनि सुरक्षित रहन सक्ने वातावरण छैन। शिक्षण संस्था र विद्यार्थीमाथि निरन्तर भइरहेको आक्रमणको सर्वत्र भर्त्सना गरिएको छ। (एजेन्सी)

" /> काठमाडौं। काबुल युनिभर्सिटी परिसरमा सोमबार इरानी बुक फेयर कार्यक्रम राखिएको थियो। फेयरमा सहभागी हुन विद्यार्थी भेला हुँदै थिए।

"> बुक फेयर स्थलमा हमला, १९ जनाको मृत्यु: Dekhapadhi
तस्वीरः एपी।
बुक फेयर स्थलमा हमला, १९ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्