प्रहरी आचारसंहिता पूर्ण पालना गर्न महानिरीक्षक थापाको निर्देशन <p>काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले &lsquo;प्रहरी आचारसंहिता-२०७७&rsquo; पालना गर्न सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।</p> <p>राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा अनलाइन प्रविधिबाट सञ्चालित प्रहरी आचारसंहिता सम्बन्धीको अनुशिक्षण कार्यक्रमको भिडिओ कन्फ्रेन्सद्वारा सोमबार शुभारम्भ गर्दै उनले आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएका हुन्।</p> <p>उनले प्रहरीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्नेमा पनि जोड दिए।</p> <p>अनुशिक्षण कार्यक्रममा विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक ८ जना र प्रहरी निरीक्षक २५ जना गरी जम्मा ३३ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।</p>
प्रतिक्रिया दिनुहोस्