सप्तरी। दशैंको मेला हेरेर फर्किरहेकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका-१ झुटकीका २२ वर्षीय मुकेशकुमार यादवलाई पक्राउ गरेको छ।
बलात्कार प्रयासका आरोपित यादवलाई पक्राउ गरी आज जिल्ला अदालतबाट म्यादसमेत थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दशैंमा लागेको मेलाबाट घर फर्किरहेकी बालिकालाई यादवसहित २७ वर्षीय शैलेन्द्र यादव र २४ वर्षीय मिथलेशकुमार मण्डलले दशैंका दिन यही कात्तिक १० गते बलात्कार प्रयास गरेको पीडितले बताए।
बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ११ गते उजुरी दर्ता गराएका छन्। पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मङ्गलबार स्वास्थ्य परीक्षण गरिएको छ।
अन्य आरोपितको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले बताए।
रासस
" /> सप्तरी। दशैंको मेला हेरेर फर्किरहेकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका-१ झुटकीका २२ वर्षीय मुकेशकुमार यादवलाई पक्राउ गरेको छ।बलात्कार प्रयासका आरोपित यादवलाई पक्राउ गरी आज जिल्ला अदालतबाट म्यादसमेत थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

">