काठमाडौं। आर्थिक अवस्था कमजोर रहेकी ६६ वर्षीया वृद्धा दिनदिनै असक्त बन्दै थिइन्। एक गाँस खान पनि उनलाई धौधौ परेको थियो।
जसले गर्दा उनी काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ का चन्द्रबहादुर अधिकारीको घरमा शरण लिन बाध्य भइन्। त्यहाँ उनले करिब डेढ महीना जति सहयोग गरिन्। जसवापत उनले खान पाइन्। र, वृद्धा अवस्थाको ज्यानलाई पाल्न सकिन्।
तर, चन्द्रबहादुरको श्रीमती २०७६ सालको माघतिर बिरामी भइन्। उनको ‘किड्नी’ मा समस्या देखियो। उपचारका लागि उनलाई भारत लाने चन्द्रबहादुरले तयारी गरे।
घरमा सर–सहयोग गर्दैै आएकी वृद्धालाई चाहिँ बिरामी श्रीमतीको स्याहारका लागि जाऔं भने। वृद्धा जान तयार भइन्।
२०७६ पुस २ गते उनीहरू वीरगञ्ज–रक्सौल हुँदै कलकत्तास्थित मुकुन्दपुर भन्ने ठाउँ पुगे। डेरा कोठा लिएर बसे। चन्द्रबहादुरको श्रीमतीको त्यहाँकै एक अस्पताल उपचार भयो।
जहाँ स्याहारका लागि भनेर लगिएका ती वृद्धामाथि भने बलात्कार गरेको आरोप चन्द्रबहादुरमाथि लागेको छ। सोही आरोपमा चन्द्रबहादुरलाई मानव बेचविखन तथा अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ।
६३ वर्षीय अधिकारीलाई चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-५ को तोरीखेतमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
उनीविरुद्ध ब्यूरोले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान थालेको छ। प्रारम्भीक अनुसन्धानको क्रममा अधिकारीले दुई महीनासम्म कलकत्ताको मुकुन्दपुरमा रहँदा वृद्धामाथि पटक–पटक बलात्कार गरेको खुलेको ब्यूरोले जनाएको छ।
“त्यहाँ हुँदा वृद्धालाई बलात्कार र यौन शोषण गरेको भन्ने खुलेको छ” ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) अनुरागकुमार द्विवेदीले देखापढीसँग भने, “वृद्धा आर्थिक रूपमा अत्यन्तै कमजोर हुन् र स्याहार सुसारको नाममा भारत लगेर यौनशोषणदेखि बलात्कार जस्ता अपराध गरेको खुल्न आएको छ।”
पीडित वृद्धा यही कार्तिकको सुरुतिरै नेपाल आएर ब्यूरोमा अधिकारीविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरी परेपछि अधिकारी फरार थिए।
" /> काठमाडौं। आर्थिक अवस्था कमजोर रहेकी ६६ वर्षीया वृद्धा दिनदिनै असक्त बन्दै थिइन्। एक गाँस खान पनि उनलाई धौधौ परेको थियो।जसले गर्दा उनी काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ का चन्द्रबहादुर अधिकारीको घरमा शरण लिन बाध्य भइन्। त्यहाँ उनले करिब डेढ महीना जति सहयोग गरिन्। जसवापत उनले खान पाइन्। र, वृद्धा अवस्थाको ज्यानलाई पाल्न सकिन्।

">