काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ख्यातिप्राप्त संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीलाई बर्खास्त गर्ने संकेत दिएका छन्। राष्ट्रपति ट्रम्प र डा. फाउचीबीच पछिल्लो समय असमझदारी निकै बढेपछि ट्रम्पले यस्तो संकेत दिएका हुन्।
डा. फाउचीलाई उनले मंगलबारको निर्वाचनपछि जिम्मेवारीबाट हटाउन सक्ने बताइएको छ। कोरोना भाइरस नियन्त्रणका सवालमा ट्रम्प र डा. फाउचीबीच मतभेद गहिरिँदै गएको छ। केही दिनअघि मात्रै डा. फाउचीले ट्रम्पले गरेको चुनावी र्यालीका कारण संक्रमण फैलिएको बताएका थिए।
ट्रम्पले भने कोरोना महामारी अहिले पनि बढिरहेको खबर आइरहेको र यसमा डा. फाउची असफल रहेको आशय फ्लोरिडाको ओपालोकामा आयोजित चुनावी र्यालीमा प्रकट गरेका थिए। ट्रम्पको भनाइलगत्तै उनका समर्थकले डा. फाउचीलाई बर्खास्त गर्नुपर्ने नारा लगाएका थिए।
सोमबार राति राष्ट्रपति ट्रम्पले आफ्ना हजारौं समर्थकमाझ भने, ‘‘कसैलाई नभन्नु, तर चुनावसम्म मलाई केही दिन पर्खर्ने मौका दिनुस्। म तपाईंहरुको सल्लाहको कदर गर्छु।’’ डा.फाउची लोकप्रिय छन्, त्यसैले चुनावअघि उनलाई हटाउँदा नकारात्मक असर पर्न सक्ने हुनाले चुनावसम्म पर्खन उनले समर्थकलाई अनुरोध गरेको कतिपयको विश्लेषण छ।
कोरोना महामारी नियन्त्रणका विषयमा राष्ट्रपति ट्रम्पलाई आफूले दिएको सल्लाह नजरअन्दाज गरिएको डा. फाउचीले बताएका थिए। राष्ट्रपतिसँग महिना दिनदेखि भेट पनि नभएको उनले जानकारी दिएका थिए।
अमेरिकामा कोरोना भाइरसका कारण २,३६,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। संक्रमितको संख्या झण्डै करोड पुगेको छ।
(एजेन्सीहरुको सहयोगमा)
" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ख्यातिप्राप्त संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीलाई बर्खास्त गर्ने संकेत दिएका छन्। राष्ट्रपति ट्रम्प र डा. फाउचीबीच पछिल्लो समय असमझदारी निकै बढेपछि ट्रम्पले यस्तो संकेत दिएका हुन्।डा. फाउचीलाई उनले मंगलबारको निर्वाचनपछि जिम्मेवारीबाट हटाउन सक्ने बताइएको छ। कोरोना भाइरस नियन्त्रणका सवालमा ट्रम्प र डा. फाउचीबीच मतभेद गहिरिँदै गएको छ। केही दिनअघि मात्रै डा. फाउचीले ट्रम्पले गरेको चुनावी र्यालीका कारण संक्रमण फैलिएको बताएका थिए।

">