काठमाडौं। संरक्षित वन्यजन्तु कछुवासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले जिउँदा कछुवासमेत बरामद गरेको छ।
भक्तपुरको सूर्यविनायकबाट २९ वर्षीय नैनबहादुर आले मगर, २४ वर्षीय सुजन उपरकोटी, ३३ वर्षीय छेवाङ लामा, २७ वर्षीय राजकुमार घिसिङ र २९ वर्षीय दावा लामा पक्राउ परेका हुन्।
पक्राउ परेकामध्येका नैनबहादुर रामेछापको हिमगंगा नगरपालिका वडा नम्बर–४, दावा, राजकुमार र छेवाङ सोही जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर–६ का हुन्। उपरकोटी चाहिँ गोर्खाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर–६ का हुन्।
महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले कछुवाको ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको बताए।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइएको एसपी कार्कीले बताए। कछुवा दुर्लभ र संरक्षित वन्यजन्तु हो। यसको विक्री वितरणमा सरकारले प्रतिवन्ध लगाएको छ।
" /> काठमाडौं। संरक्षित वन्यजन्तु कछुवासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले जिउँदा कछुवासमेत बरामद गरेको छ।भक्तपुरको सूर्यविनायकबाट २९ वर्षीय नैनबहादुर आले मगर, २४ वर्षीय सुजन उपरकोटी, ३३ वर्षीय छेवाङ लामा, २७ वर्षीय राजकुमार घिसिङ र २९ वर्षीय दावा लामा पक्राउ परेका हुन्।

">