काठमाडौं। मकवानपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।
गढी गाउँपालिका-७ सुकौरा पोलदमारका ६० वर्षीय रनबहादुर स्याङतानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
रनबहादुरले ती बालिकालाई कात्तिक १२ गते बलात्कार गरेको उजुरी आफन्तले दिएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, उदयपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २१ वर्षीय अशोक भन्ने एकबहादुर मगर पक्राउ परेका छन्।
उनी त्रियुगा नगरपालिका-१४ धापखर्कका हुन्। उनलाई किशोरी बलात्कार भएको भन्ने खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।
प्रहरीले उनीहरू दुवै जनाविरूद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दामा अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं। मकवानपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।गढी गाउँपालिका-७ सुकौरा पोलदमारका ६० वर्षीय रनबहादुर स्याङतानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

">