एटीएम फोडिरहेको अवस्थामा एकजना पक्राउ
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-४, कुलेश्वरमा रहेको माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एकजना पक्राउ परेका छन्।</p>
<p style="text-align: justify;">काठमाडौं बानेश्वर बस्ने कैलाली टीकापुर घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">प्रहरीले उनीविरुद्ध अनुसन्धान थालेको जनाएको छ।</p>