काठमाडौं। तनहुँमा एकै दिन २६ जना फरार अभियुक्त पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई आइतबार पक्राउ गरेको हो।
जसमध्ये बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ चैत २ गतेको फैसलाले ७ दिन कैद र ६ लाख ६७ हजार रूपैयाँ ठहर भई फरार रहेका ३१ वर्षीय अमृत भट्टराई पनि छन्।
उनी जिल्लाकै म्याग्दे गाउँपालिका–३ का हुन्।
साधारण चोरी मुद्दामा जिल्ला अदालत तनहुँको २०७६ असार ८ गतेको फैसलाले जनही २ वर्ष २ दिन कैद र २२ हजार ५०० रूपैयाँ जरिवाना सजाय भई फरार रहेका शुक्लागण्डकी नगरपालिका–३ का सन्तोष खंग र सोही नगरपालिका–९ का सन्तोष गौतम पनि पक्राउ परेका छन्।
जारी मुद्दामा अदालतबाट दोषी ठहरिएका भानु नगरपालिका–६ का बिमल थापा मगर र उनकै श्रीमती सञ्जु थापा मगरलाई प्रहरीले आइतबार नै पक्राउ गरेको छ।
जिल्ला अदालत तनहुँको २०७१ मंसिर ७ गतेको फैसलाले जनही १/१ महिना कैद र १ हजार रूपैयाँ जरिवाना ठहर भई उनीहरू फरार थिए।
साथै, लागूऔषध मुद्दामा फरार १ जना, गाली बेइज्जती मुद्दामा फरार २ जना,नाता कायम मुद्दामा फरार १ जना, करकाप मुद्दामा फरार ८ जना, लिखत बेइज्जती मुद्दामा फरार ६ जना, सम्बन्धविच्छेद मुद्दामा फरार १ जना फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो।
तनहुँ प्रहरीका अनुसार पक्राउ परेकाहरू सबैलाई तोकिएको जरिवाना तथा कैद भुक्तानका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको छ।
" /> काठमाडौं। तनहुँमा एकै दिन २६ जना फरार अभियुक्त पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई आइतबार पक्राउ गरेको हो।

">