काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१५, पिप्रहवाबाट ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
२ ग्राम ब्राउनसुगरसहित ४० वर्षीय रमजान अली बेडुवालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।
उनी कोहलपुर नगरपालिका-४ का हुन्। इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उक्त पदार्थ र एक थान साइकलसहित पक्राउ गरेको हो।
यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा चोकबाट विभिन्न प्रकारका लागुऔषध बरामद गरेको छ।
एक हजार पिस नुर्फिन, एक हजार पिस डाइजेपाम र एक हजार पिस फेनारगन आइतबार राति प्रहरीले बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ९०९९ नम्बरको बसलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो।
घटनाबारे अनुसन्धानका लागि बसका सह-चालकसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१५, पिप्रहवाबाट ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।२ ग्राम ब्राउनसुगरसहित ४० वर्षीय रमजान अली बेडुवालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।

">