काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी पाउने १८औं भारतीय सेनाध्यक्ष हुने भएका छन्।
उनी नेपाली सेनाको मानार्थ (महारथी) प्रधानसेनापतिको पदवी ग्रहणको लागि बुधबार नेपाल आउँदैछन्।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउने भएका हुन्। उनको नेपाल बसाइँ तीन दिनको हुनेछ।
सोही क्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी प्रदान गर्ने कार्यक्रम तय भएको छ।
यसअघि पहिलोपटक स्वतन्त्र भारतका सेनाध्यक्ष जनरल कोडान्डेरा मडप्पा करिप्पा (के.एम. करिप्पा) ले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी पाएका थिए।
उनलाई सन् १९५० मा उक्त पदवी प्रदान गरिएको हो। उनी त्यसबेला नेपाल सरकारको औपचारिक निमन्त्रणामा नेपाल आएका थिए।
उनी भारतीय सेनाको जनरल चिफ १६ जनवरी १९४९ देखि १४ जनवरी १९५३ सम्म भए।
त्यसपछि महाराज श्रीराजेन्द्र सिंहजी जडेजा, सत्यवन्त मल्लना श्रीनागेस, कोडान्डेरा सुबाय्या थिमाय्या, प्राणनाथ थापार, जयन्तोनाथ चौधरी, विपीन रावतसम्मका १७ जना भारतीय सेनाध्यक्षहरूले नेपाली सेनाको महारथीको पदवी ग्रहण गरिसकेका छन्।
स्वतन्त्र भारत भएपछिका २१औं भारतीय स्थल सेनाध्यक्ष जनरल जोगिन्दर जसवन्त सिंह अर्थात् जे.जे. सिंहले भने नेपाली सेनाको महारथी उपाधि ग्रहण गर्न नआएको पाइएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।
यता भारतीय सेनाध्यक्षको महारथी दर्जाको उपाधि पाउने पहिलो नेपाली सेनाका प्रधानसेनापति भने सुरेन्द्रबहादुर शाह हुन्।वि.सं.२०२६ अर्थात् सन् १९६९ मा उनले भारतीय सेनाको मानार्थ महारथीको दर्जा पाएका थिए।
त्यसपछिका प्रधानसेनापतिहरू सिंहबहादुर बस्न्यात, गुणशमशेर जबरा, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, गडुल शमशेर जबरा, धर्मपालवरसिंह थापा, प्रज्वल शमशेर जबरा, प्यारजंग थापा, रूक्माङ्गद कटुवाल, छत्रमानसिंह गुरुङ, गौरवशमशेर जङ्गबहादुर राणा र राजेन्द्र क्षेत्रीले ग्रहण गरिसकेका छन्।
नेपाल सेनाका बहालवाला प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानसेनापति भए लगत्तै भारत गएर भारतीय सेनाको महारथी पदवी ग्रहण गरिसकेका छन्।
तर, प्रजातन्त्र (वि.सं.२००७) पछिका ९औं प्रधानसेनापति सत्चितशमशेर जबरा भने भारतीय सेनाको महारथी पदवी ग्रहण गर्न गएनन्।
बाँकी प्रधानसेनापतिहरूले रोल क्रमअनुसार गएर ग्रहण गरेको देखिएको छ।
नेपालले भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा दिन थालेको ७० वर्ष भएको छ।
यसक्रममा नरावणेले पनि महारथी दर्जा पाएपछि नेपाली सेनाको महारथी दर्जा पाउने १८ जना भारतीय सेनाध्यक्ष प्रमुख हुनेछन्।
यता भारतले भने नेपाली सेनाको प्रधानसेनापतिलाई भारतीय सेनाको महारथी उपाधि दिन थालेको ५१ वर्ष भएको छ। र, बहालवाला प्रधानसेनापति पूर्णचन्द्र थापासँगै १४ जना प्रधानसेनापतिले भारतीय सेनाको महारथी दर्जा ग्रहण गरेका छन्।
यसरी नेपाल–भारतबीच एक देशले अर्को देशको सेना प्रमुखलाई सेनाको मानार्थ महारथी दर्जा दिने परम्पराको रूपमा विकास भएको छ।
जसले दुई देशबीचको सम्बन्ध प्रगाढ र सुदृढ बनाउन मद्दत गर्ने बताइन्छ। र, यस्तो परम्परा विश्वका अन्य देशमा पनि रहेको सैनिक प्रवक्ता पौडेलले बताए।
“यस्तो परम्परा नेपाल र भारतको सेनाबीच मात्रै नभईकन अन्य देशको सेनामा पनि छ, र आफ्नो देशको सेनाको मानार्थ महारथी दर्जा दिने चलन छ”, उनले देखापढीसँग भने, “यस्तो सम्बन्ध दुई देशबीच परम्परादेखि चलिआएको छ र यसले दुई देशबीचको प्रगाढ र सुदृढ सम्बन्ध बनाउन सहयोग पुर्याउँछ।”
दुई देशबीच एक अर्कामा राम्रो सम्बन्ध भएको अवस्थामा यसरी सेनाको महारथी दर्जा आदानप्रदान गर्ने चलन छ।
कटुतापूर्ण सम्बन्ध भएको बेला दिने गरिन्नँ। र, ग्रहणका लागि पनि नआउने गरेको देखिन्छ।
यसअघि भारतीय सेना नरावणेले सीमाको विषयमा विवादित अभिव्यक्ति दिएका थिए। जतिबेला नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो।
उनले नेपालले चीनको उक्साहटमा भारतीय भूमि समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए। तर, पछि आफ्नो अभिव्यक्ति सच्याएका थिए।
उनको नेपाल भ्रमण ६ महिना अगाडि नै तय भएको थियो। जतिबेला उनलाई नेपाली सेनाको महारथीको दर्जा प्रदान गर्ने सरकारको तयारी थियो।
तर, विवादित अभिव्यक्ति दिएका उनी कोभिड–१९ को संक्रमण महामारीको कारण देखाउँदै ढिला गरी नेपाल भ्रमणमा आउन लागेका हुन्।
सैनिक अभिलेखालयका अनुसार नेपालले पहिलोपटक फाल्टो देशका सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा दिएको भने लर्ड रबर्टलाई हो। सन् १८८८ मा उनलाई नेपाल सरकारले प्रधानसेनापतिको दर्जा दिएको थियो।
उनी तत्कालीन ब्रिटिस भारतका प्रधानसेनापति थिए। र, त्यसपछि ब्रिटिस सेनाका मानार्थ जनरलको उपाधि राणा प्रधानमन्त्री चन्द्र शमशेरले पाए ।
उनले प्रथम विश्वयुद्धमा ब्रिटिसलाई जन र धनको सहयोग गरेको बताइन्छ।
उनले ब्रिटिस सेनाको चौथो गोर्खा रेजिमेन्टको मानार्थ कर्णेेल पद १९०६ अक्टोबर ३ मा र २२ डिसेम्बर १९१९ मा ब्रिटिस सेनाको मानार्थ जर्नेलको पदवी पाएका थिए।
" /> काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी पाउने १८औं भारतीय सेनाध्यक्ष हुने भएका छन्।उनी नेपाली सेनाको मानार्थ (महारथी) प्रधानसेनापतिको पदवी ग्रहणको लागि बुधबार नेपाल आउँदैछन्।

">