काठमाडौं। ब्रिटिस एयरफोर्सले इराक र सिरियामा ड्रोन हमला गरेर आईएसआईएसलाई निकै कमजोर पारेको दाबी गरेको छ। पछिल्ला ६ वर्षमा यूके रोयल एयरफोर्स (आरएएफ)ले ड्रोनमार्फत् हमला गरेर ती दुई देशमा आईएसआईएसका १४०० आतंकवादी मारेको बेलायती रक्षा मन्त्रालयले शनिबार विभिन्न प्रमाणसहित जानकारी दिएको हो।
यी सबै हमला आरएएफको एमक्यू–९ रिपर अनम्यान्ड भेहिकल (ड्रोन)का माध्यमबाट गरिएको थियो। यसरी हमला गर्दा बेलायतका कोही सैनिक इराक वा सिरिया गएका थिएनन्। सबै हमला बेलायतमा बनेको कमान्ड एन्ड कन्ट्रोल बंकरमा बसेर एयरफोर्सका सैनिकले गरेका थिए। यो ड्रोन बेलायतले अमेरिकासँग किनेको हो।
रक्षा मन्त्रालयले २०१४ पछि बेलायको एमक्यू–९को कम्तीमा पनि ४१०७ फ्लाइट अपरेट गरेको थियो। यस्तो फ्लाइटमार्फत् गरिएको हमलामा आईएसआईएसका खुँखार आतंककारी मोहम्मद इवाजी (जिहादी जान) सिरियाको रक्का सहरमा मारिएका थिए। बन्धक बनाएका मानिसको टाउको काट्ने काममा इवाजी कुख्यात मानिन्छन्।
बेलायती रक्षा सचिवले अघिल्लो महिना मानवरहित हवाई वाहनले भविष्यमा युद्ध गर्न सैनिकको स्थान लिन सक्ने बताएका थिए। पछिल्ला हमला सफल भएपछि बेलायती फौजमा ड्रोनको संख्या बढाउनु पर्ने माग तीव्र भएको छ। यसले त्यहाँ थप ड्रोन खरिदको सम्भावना बढेको छ।
एमक्यू–९ रिपर ड्रोनको गति प्रतिघण्टा ४४४.५ किलोमिटर रहेको छ। यो ५० हजार फिटको उचाइसम्म उड्न सक्छ। र, एकैसाथ १२ मुभिङ टार्गेट्सलाई ट्याग गर्न सक्छ। (एजेन्सी)
" /> काठमाडौं। ब्रिटिस एयरफोर्सले इराक र सिरियामा ड्रोन हमला गरेर आईएसआईएसलाई निकै कमजोर पारेको दाबी गरेको छ। पछिल्ला ६ वर्षमा यूके रोयल एयरफोर्स (आरएएफ)ले ड्रोनमार्फत् हमला गरेर ती दुई देशमा आईएसआईएसका १४०० आतंकवादी मारेको बेलायती रक्षा मन्त्रालयले शनिबार विभिन्न प्रमाणसहित जानकारी दिएको हो।

">