काठमाडौं। लमजुङको बेसीशहर नगरपालिका-८ नारायणस्थानबाट अवैध जडिबुटीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको दोर्दी गाउँपालिका-८ का ३१ वर्षीय कर्ण गुरुङ, ४४ वर्षीया शान्ताकुमारी तामाङ, ४६ वर्षीय मीनबहादुर तामाङ, छिमेकी जिल्ला मनाङको नार्फु गाउँपालिका-२ का ४५ वर्षीय लाम्पा छिरिङ लामा र मनाङकै नेस्याङ गाउँपालिका–३ का २९ वर्षीय पल्मु लामा पक्राउ परेका हुन्।
पक्राउ परेकामध्ये कर्ण, लाम्पा र पल्मुको साथबाट अवैध जडिबुटी १६ किलोग्राम जटामसी, १ सय २४ किलोग्राम बुकीफूल, ५३ किलोग्राम धुपिपात, ९ किलोग्राम सुनपाती र १३ किलोग्राम भोजपत्र बरामद भएको छ।
उनीहरूलाई मनाङबाट छुटेको ग.१ ज ७४५३ नम्बरको जीपमा उक्त परिमाणको अवैध जडिबुटीसहित जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
प्रहरी टोलीले पक्राउ परेकामध्येका शान्ताको घरबाट प्रतिबन्धित जडिबुटी पाँचऔंले ८ किलोग्राम, मीनबहादुरबाट पाँचऔंले नै साढे तीन किलोग्राम, ५३ किलोग्राम निरमसी, १४ किलोग्राम मजिठो, २ सय ४१ किलोग्राम पिप्ला, साढे ८ किलो सतुवा, साढे दुई किलो जटामसी, १ सय ६ किलोग्राम ढालिङ, ५४ किलोग्राम कुड्की बरामद गरेको छ।
प्रहरीका अनुसार ती बरामद गरिएका सबै बरामद जडिबुटीको अनुमानित बजार मूल्य करिब १९ लाख ३२ हजार २ सय ९० रूपैयाँ रहेको छ।
बरामद गरिएका जडिबुटी सहित उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
" /> काठमाडौं। लमजुङको बेसीशहर नगरपालिका-८ नारायणस्थानबाट अवैध जडिबुटीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्लाको दोर्दी गाउँपालिका-८ का ३१ वर्षीय कर्ण गुरुङ, ४४ वर्षीया शान्ताकुमारी तामाङ, ४६ वर्षीय मीनबहादुर तामाङ, छिमेकी जिल्ला मनाङको नार्फु गाउँपालिका-२ का ४५ वर्षीय लाम्पा छिरिङ लामा र मनाङकै नेस्याङ गाउँपालिका–३ का २९ वर्षीय पल्मु लामा पक्राउ परेका हुन्।

">