रासस-एएनआई। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय एकताका लागि सबै स्पेनी नागरिकसँग आह्वान गरेका छन्। उनले भनेका छन्- यो संकटको घडीमा सबै देशबासीहरुले पनि सहयोग गर्नुपर्छ, नत्र महामारीका विरुद्धमा लड्नका लागि सरकारलाई मात्र गाह्रो पर्नेछ।
स्पेनमा कोभिड १९ को संक्रमण पहिलेको भन्दा पनि अझ खतरनाक रुपमा बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि सरकारले लकडाउनदेखि लिएर विभिन्न कडा प्रतिबन्धहरु लगाएको छ।
तर, नागरिकले भने त्यसको विरोध गरेका छन्। यहाँका नागरिकले स्पेनको सरकारले लगाएको प्रतिबन्धका विरुद्धमा विभिन्न स्थानमा प्रदर्शन नै गरिरहेका समाचारहरु प्राप्त भएका छन्।
सरकारले लामो समयका लागि र दशेव्यापी रुपमा नै निकै कडा खालको प्रतिबन्धहरु लगाएपछि यसका विरुद्धमा नागरिकहरु प्रदर्शनमा उत्रिएका छन्।
त्यसैले प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय एकताका लागि सबै स्पेनी नागरिकसँग आह्वान गरेका हुन्। उनले सबैलाई जिम्मेवारी पूरा गर्न र आफूलाई एक नागरिकको कर्तव्य पुरा गर्न आह्वान गरेका छन्।
महामारी नियन्त्रणका लागि हालका लागि लकडाउनभन्दा अर्काे कुनै विकल्प नरहेकोले सरकारले यसो गर्नु परेको हो भन्दै उनले यसका लागि सबै नागरिकको सहयोग नहुने हो भने अप्ठेरो पर्ने बताए।
कतिपय नागरिकले सरकारको अहिलेको प्रतिबन्धका विरुद्धमा हिंसात्मक रुपमा पनि प्रदर्शन गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकको यो गैर जिम्मेवारी कामले महामारी नियन्त्रणका लागि समस्या पर्ने कुरा ट्वीट गरेर उल्लेख गरेका छन्।
उनले कोभिडको महामारीले देशमा निकै ठूलो क्षति हुने अवस्था आएको छ भन्दै यस्तो अवस्थामा सबै नागरिकले आफ्नो ठाउँबाट कुनै न कुनै रुपमा बलिदान र सहगोग नगर्ने हो भने देश नै संकटमा पर्ने अवस्था आउने कुरा आफ्नो ट्वीटमार्फत जानकारी दिएका हुन्।
" /> रासस-एएनआई। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय एकताका लागि सबै स्पेनी नागरिकसँग आह्वान गरेका छन्। उनले भनेका छन्- यो संकटको घडीमा सबै देशबासीहरुले पनि सहयोग गर्नुपर्छ, नत्र महामारीका विरुद्धमा लड्नका लागि सरकारलाई मात्र गाह्रो पर्नेछ।स्पेनमा कोभिड १९ को संक्रमण पहिलेको भन्दा पनि अझ खतरनाक रुपमा बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि सरकारले लकडाउनदेखि लिएर विभिन्न कडा प्रतिबन्धहरु लगाएको छ।

">