प्रहरीद्वारा गोंगबुबाट जुवा खेलिरहेका १४ सहित ४३ जना पक्राउ <p>काठमाडौं। काठमाडौंको गोंगबु&nbsp;क्षेत्रमा केही&nbsp;&nbsp;दिनदेखि सामाजिक विकृतिजन्य गतिविधी बढेपछि सक्रियता देखाएको प्रहरीले ४&nbsp;असोज राति&nbsp;४३ जनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p>प्रहरीले गोंगबुको छुट्टाछुट्टै ठाउँबाट जुवा खेलीरहेका १४ जनालाई ९८ हजार नगदसहित पक्राउ गरेको छ । त्यस्तै विभिन्&zwj;न होटलहरुबाट&nbsp;२९ जनालाई&nbsp;पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताएका छन्।&nbsp;</p> <p>प्रहरीले छापा मारेर टोखा नगरपालिका &ndash; ९&nbsp;म्याग्दी चोकका प्रेम गौचनको घरमा जुवा खेलिरहेका नौ जना ८७ हजार नगदसहित पक्राउ गरेको छ। सोही ठाउँमा कल्पना लिम्बुले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरिएको छ। जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका १४ जनामध्ये चार जना महिला रहेको डीएसपी लम्सालले बताए।&nbsp;</p> <p>पक्राउ परेका सबैलाई हिरासतमा राखिएको छ। १४ जनालाई जुवाजन्य कसुर र अन्य २९ जनालाई सामाजिक विकृती फैलाएको अपराधमा अनुसन्धान गरी&nbsp;कारवाही गरिने प्रहरीले जनाएको छ। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्