कुश्मामा एक युवती मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। पर्वतको कुश्मा नगरपालिका–१३ खौलाकी एक महिला मृत फेला परेकी छिन्। उनी २९ वर्षीया पूर्णमाया नेपाली भएको जनाइएको छ। </p>
<p style="text-align: justify;">सोही ठाउँस्थित सिस्नेपानी खोला किनारको झाडीमा उनी शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।</p>
<p style="text-align: justify;">उनी बिहीबारदेखि हराइरहेकी थिइन्। घटनाबारे सोधपुछ एवं थप अनुसन्धानका लागि उनको श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>