नख्खुमा एक घरमा चोरी
<p style="text-align: justify;">काठमाडौँ। ललितपुर महानगरपालिका–१८ नख्खु आदिनाथ मार्ग बस्ने सुरजकुमार शाहको घरबाट ४ लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।</p>
<p style="text-align: justify;">प्रहरीले जनाएअनुसार शनिबार उनको घरबाट नगद ३५ हजार रूपैयाँ, सुनका विभिन्न गहना र २ थान ल्यापटप चोरी भएको हो।</p>
<p style="text-align: justify;">चोरीमा संलग्नहरूलाई खोजतलास गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।</p>