काठमाडौं। कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरू भएदेखि विदेशमा रहेका नेपालीहरूमा थप कोरोना संक्रमण देखिएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९६३ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। संक्रमतिमध्ये ४५० जना रोमानियामा रहेका नेपालीहरू छन्।
संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपालीमा सबैभन्दा बढी संक्रमण भएको पाइएको छ।
संघका अनुसार यो साता विदेशमा कुनै पनि नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छैनन्।
हालसम्म विश्वका ४२ देशमा रहेकामध्ये ४३ हजार ५६९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको स्वास्थ्य समितिले जनाएको छ।
गत सातासम्म १९ देशमा २८४ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भइसकेको छ।
नेपालभित्र भने कोरोना भाइरस संक्रमण भएकामध्ये कोरोनामुक्त हुनेको संख्या बढेको छ। गत हप्ता कोरोना संक्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत रहेकोमा यो साता ७६.९ प्रतिशत पुगेको तथ्यांक छ।
यो सातासम्म नेपालमा मात्र एक लाख ७० हजार ७४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये एक लाख ३१ हजार २२२ जना कोरोनामुक्त भएका छन्।
शनिबार साँझसम्म नेपालमा ९३७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको संयुक्त पहलमा हालसम्म ३३ देशका एक लाख २६ हजार ९८९ जना नेपालीको उद्धार गरिएको छ।