काठमाडौँको पुरानो बानेश्वरमा चोरी
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौं महानगरपालिका–३१ को पुरानो बानेश्वरमा डेरा गरी बस्ने पेम्बा फुटी शेर्पाको कोठामा चोरी भएको छ। </p>
<p style="text-align: justify;">शनिबार बिहान नगद र सुनका गहना गरी करिब ६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो। उनी ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ कि हुन्।</p>
<p style="text-align: justify;">चोरीको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
