काठमाडौँ। महोत्तरीको सम्सी गाउँपालिका–६ सम्सी बजारबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२४ वर्षीय मुक्तिकुमार बुढाथोकी र २४ वर्षीय नै रणबहादुर ठाडा मगरलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका बुढाथोकी धनुषाको मिथिला नगरपालिका–७ ढल्केबर र मगर चाहिँ महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका हुन्।
प्रहरीले बुढाथोकीको साथबाट ६ सय थान नाइट्राभेट र मगरको साथबाट ३० ट्याब्लेट नाइट्रोभेट, १० ट्याब्लेट नाइट्राजेपाम र २४ ट्याब्लेट स्पास्मो प्रोक्सभिन फेला पारी बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ प ५०१३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले उनीहरू सवार मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको हो।
" /> काठमाडौँ। महोत्तरीको सम्सी गाउँपालिका–६ सम्सी बजारबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।२४ वर्षीय मुक्तिकुमार बुढाथोकी र २४ वर्षीय नै रणबहादुर ठाडा मगरलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका बुढाथोकी धनुषाको मिथिला नगरपालिका–७ ढल्केबर र मगर चाहिँ महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका हुन्।

">