भक्तपुर कमलविनायकमा तास खेलिरहेका १२ जना पक्राउ
<p style="text-align: justify;">भक्तपुर। भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने माधव सुवालको घरमा तास खेलिरहेको अवस्थामा माधवसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">शनिबार साँझ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">यस घटनाबारे थप कारवाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। </p>