बाँकेबाट ३ किलो अफिमसहित एक पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ शिवखोलाबाट करिब ३ किलो अवैध लागुऔषध अफिमसहित एक जना युवक पक्राउ परेका छन्।</p>
<p style="text-align: justify;">पक्राउ पर्नेमा रूकुमको सानिभेरी गाउँपालिका–८ का २७ वर्षीय चन्द्रप्रकाश वली रहेका छन्।</p>
<p style="text-align: justify;">शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरीले उक्त अफिमसहित फेला पारी उनलाई पक्राउ गरेको हो।</p>