कैलाली। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ गरेका छन्।
महाकाली नगरपालिका १ मा रहेको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा करिब १ हजार बिगाहा क्षेत्रफलमा निर्माण हुने सुख्खा बन्दरगाहको आज शुभारम्भ गरिएको हो।
सुख्खा बन्दरगाहको शुभारम्भ गर्दै मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको रुपमा देशभरी चार स्थानमा निर्माण गर्ने लक्ष्यका साथ कञ्चनपुरबाट शुरु गरिएको बताएका छन्। उनले सुख्खा बन्दरगाह, औद्योगिक कोरिडोर, एकीकृत जाँच चौकीलगायतका पूर्वाधारहरू निर्माण हुने बताउँदै कञ्चनपुरको दैजिक्षेला, अत्तरिया–धनगढी औद्योगिक कोरिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र, बांकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गरी अहिलेको सरकारले पूर्वदेखि पश्चिमसम्म औद्योगिक चेनको रुपमा विकास गर्ने लक्ष्य लिएको जनाएका छन्।

पहिला दोधारा चाँदनीको कञ्जभोजमा सुख्खा बन्दरगाह निर्माणका लागि १२ किलोमिटर भारतको वन क्षेत्र पर्ने भएकाले भारतले सहमति गर्न नमानेको बताउँदै मन्त्री भट्टले मायापुरीमा सुख्खा बन्दगाह बनाउनका लागि अहिले भारतसमेत सहमत भइसकेको बताएका छन्।
कञ्चनपुरबाट भारतको नयाँ दिल्ली नजिक पर्ने भएकाले छोटो मार्गका रूपमा समेत रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले बताएका छन्। उनले ‘एशियन हाइवे’सँग यस क्षेत्रलाई जोड्ने योजनासमेत रहेको बताएका छन्।