कैलाली। बाजुरामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बाजुराको बुढीगंगा नगरपालिका ४ को बेलकाट्या भन्ने स्थानमा से १ ज ११८० नम्बरको जीप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी २ जना घाइते भएका छन्। घाइते हुनेमा बुढीगंगा नगरपालिका-४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।
घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने जीप र चालक प्रहरी चौकी बार्जुगाडले नियन्त्रणमा लिएको छ।
" /> कैलाली। बाजुरामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बाजुराको बुढीगंगा नगरपालिका ४ को बेलकाट्या भन्ने स्थानमा से १ ज ११८० नम्बरको जीप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा परी २ जना घाइते भएका छन्। घाइते हुनेमा बुढीगंगा नगरपालिका-४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।
घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने जीप र चालक प्रहरी चौकी बार्जुगाडले नियन्त्रणमा लिएको छ।
">