आगामी तीन दिन देशभरको मौसम सफा रहने
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मौसम सामान्य रहने जानकारी दिएको छ।

विभागले दिएको जानकारीअनुसार हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जानकारी दिएको छ।

त्यस्तै आज राति प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

भोलि सोमबार दिउँसो प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सफा र राति प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरेको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ पहाडि भू-भागका १/२ स्थानमा हल्का वर्षा हुनेछ। त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ पहाडि भू-भागका १/२ स्थानमा हल्का वर्षा हुने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्