काठमाडौं। प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ।
२६ ग्राम ब्राउनसुगरसहित शनिबार दिउँसो साधिक आलमलाई प्रहरीले पक्राउ गरेको हो।
उनी भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङको रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको झापा प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले बताए।
मेचीनगर नगरपालिका वडा नम्बर ६ मा रहेको लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतदेखि नेपालतर्फ लुकाएर ब्राउनसुगर ल्याउँदै गरेका उनलाई चेकजाँच गर्दा फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।