काठमाडौं। भोजपुरको टेम्केमैयुम गाउँपालिका-८ को कात्तिकेस्थित एक घरमा आगलागी भएको छ।
कर्णबहादुर सार्कीको कच्ची घरमा आगलागी भएको हो। शनिबार बिहान आगालागी हुँदा सार्कीको घर, नगद, भाँडावर्तन र अन्य सरसामान जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार आगलागीबाट सार्कीलाई करिब नौ लाख रूपैयाँ बराबरको क्षति भएको छ।
आगो स्थानीयवासी, स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो।
यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटको मंगलबजारस्थित एक दोकानमा आगलागी भएको छ।
सिन्धुपाल्चोकको त्रिपूरासुन्दरी गाउँपालिका-५ घर भएका विशाल श्रेष्ठको ‘श्रेष्ठ मिटसप’ मा आगलागी भएको हो।
शुक्रबार साँझ आगलागी हुँदा करिब सात लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार करेन्ट सर्ट भएर आगलागी भएको हो।
यसैबीच, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ डुमारेका खड्गबहादुर पुडासैनीको कच्ची घरमा पनि आगलागी भएको छ।
शुक्रबार दिउँसो भएको आगलागीबाट करिब १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।